Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

    एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ।

    मङ्गलवार बङ्ग्लादेशको मिरपुरमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमामा उज्बेकिस्तानलाई ३-२ ले पराजित गर्दै महिला टोलीले उपाधि चुमेको हो।



    यसअघि सन् २०१९ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा पनि नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो।



    यसअघिको लिग खेलमा नेपालले उज्बेकिस्तानलाई सोझो सेटमा पराजित गरेको भए पनि फाइनल भने प्रतिस्पर्धात्मक थियो। अधिकांश समय अङ्कमा अग्रता लिएको उज्बेकिस्तानले पहिलो सेट २६-२४ ले हारे पनि दोस्रो सेट भने जितेको थियो।

    तेस्रो सेटमा नेपाल पुन खेलमा फर्कियो जसमा २५-१५ को सहज हात पार्‍यो । चौथो सेटमा उज्बेकिस्तानले पुनरागमन गर्दै २५-२२ ले जितेर खेललाई अन्तिम सेटमा पुर्‍यायो।

    निर्णायक सेट नेपालले १५-१० ले जित्दै उपाधि रक्षा गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार