Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पर्यटन मन्त्रालयकै मिलेमतोमा विदेश जाने यात्रुमाथि ठगी, विमानस्थलभित्र अबैध धन्दा

    पर्यटन मन्त्रालयकै मिलेमतोमा विदेश जाने यात्रुमाथि ठगी, विमानस्थलभित्र अबैध धन्दा

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै संयुक्त अरब इमिरेट्स (दुवई) जाने यात्रुहरुको र्यापीड पीसीआर परीक्षणका लागि सुरक्षा संवेदनशिलतालाई लत्याएर मनपरी रुपमा स्वास्थ्य संस्थालाई विमानस्थलभित्र प्रवेश गराएको खुलेको छ ।

    मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई स्वास्थ्य संस्था(ल्याब)हरुको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मनपरी रुपमा लेख्नै नमिल्ने पत्र पठाएको पाइएको छ । यसरी पत्र पठाएपछि विमानस्थलको पार्किङ क्षेत्रभित्र एकातिर यात्रुहरुको अनावश्यक भिड बढ्दै गएको छ भने अर्कोतिर त्यस्ता संस्थाहरुले अनुमतिका नाममा मन्त्रालयभित्र लाखौं चलखेल गर्दै आइरहेको खुलेको छ ।



    स्वास्थ्य संस्थाहरुले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएपछि ल्याब सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेकोमा पर्यटन मन्त्रालयले आफू निकटका संस्थालाई विमानस्थलभित्र ल्याव सञ्चालन गर्न अर्को अनुमति पत्र जारी गर्दै आएको छ ।



    मन्त्रालयले २०७८ भदौ ३ गते नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखी विमानस्थलभित्रको पार्किङमा रहेको आईएमएस भवनमा स्टार अस्पतालको ल्याव सञ्चालनका लागि सहजीकरण गरिदिन निर्देशन दिएको थियो ।

    मन्त्रालयले लेखेको पत्रमा भनिएको छ–‘प्रस्तुत विषयमा दुबई नागरिक उड्डयन प्राधिकरणको मिति ४ अगस्ट २०२१ को पत्र मार्फत जारी सूचना अनुसार दुबई विमानस्थल भित्रिने प्रत्येक यात्रुको लागि उडान हुन पूर्वको ४ घण्टा भित्र गरिएको Rapid PCR Test Report अनिवार्य भएको । यस सन्दर्भमा Star Hospital ले दुबई नागरिक उड्डयन प्राधिकरणले जारी गरेको RT PCR Test मामदण्ड बमोजिम IMS भवनमा Lab Setup गरी RT PCR परीक्षण अनुमतिका लागि अनुरोध लेखी आएको । IMS भवन PPP Model मा बनेको व्यवसायिक भवन भएकाले उक्त भवनमा स्वास्थ्य मापदण्ड अनुरुप Lab Setup गरी सञ्चालन हुन सक्ने र उक्त भवनको सञ्चालकसँग Star Hospital को समझदारी भएमा नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट आवश्यक सहजीकरण हुन आदेशानुसार अनुरोध छ ।’

    एकातिर आफै अनुमतीपत्र जारी गर्ने मन्त्रालयले अर्कोतिर भने अनुमति नै नलिएको कान्तिपुर अस्पताल प्रालिलाई भने विमानस्थलभित्र र्यापीड पीसीआर टेष्ट सञ्चालन गर्न दिएको छ । कान्तिपुर अस्पतालका निर्मल गिरी नाम गरेका व्यक्तिले पूर्व पर्यटनसचिव यादव कोइरालालाई प्रभावमा पारेर विमानस्थलको पार्किङ क्षेत्रभित्र गैरकानुनी रुपमा कान्तिपुर अस्पतालको बोर्ड नै राखी यात्रुहरुको पीसीआर परीक्षण गराउँदै आएका छन् । मेनपावर दललका रुपमा चिनिएका गिरी होटल सञ्चालक पनि रहेको खुलेको छ ।

    संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थलभित्र जति सुधार गर्न खोजेपनि गिरी जस्ता दलालहरुको कारण मन्त्रालय नै बद्नाम हुन पुगेको विमानस्थलकै एक कर्मचारी बताउँछन् । उनी भन्छन्–‘सुरक्षा संवेदनशिल क्षेत्रभित्र पीसीआर परीक्षणको नाममा विवादित व्यक्तिका संस्थाहरुलाई जथाभावी प्रवेश गराएका कारण विमानस्थलमा अवैध गतिविधि बढ्ने खतरा रहेको छ ।’

    कान्तिपुर अस्पतालले मन्त्रालयको अनुमति विना विदेश जाने कामदार र यात्रुसँग पीसीआर र्यापीड टेष्टको नाममा दैनिक लाखौं रकम खुलमखुल्ला उठाउँदै आइरहेको छ । यसमा पर्यटन मन्त्रालयकै मिलेमतो रहेको कर्मचारी स्रोत बताउँछ ।

    यद्यपी मन्त्रालयका उपसचिव एमव् सूचना अधिकारी टेकनारायण पौडेल भने ल्याव सञ्चालनका लागि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग स्वीकृती लिनु नपर्ने बताउँछन् । तर, मन्त्रालयले प्राधिकरणले अनुमतिका लागि पत्र पठाएर आदेश दिएको प्रमाण नै भेटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार