Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ: गृहमन्त्री खाँण

    नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ: गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्नु सबैको दायित्व भएको बताएका छन्।

    गृहमन्त्रालयमा आज भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा मन्त्री खाँणले सबै नागरिकमा एक दिनमात्र होइन, हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।



    ‘भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ स्थानमा पर्छ, पछिल्लो भूकम्पले सबैलाई सजग तुल्याएको छ, ठूलो जनधनको क्षति भयो । भूकम्पपछिको पुनःनिर्माणका काम अझै भइरहेका छन्, ‘गृहमन्त्री खाँणले भने ।



    सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह माघ २ गते ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने भएको छ ।

    विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार