Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • रेड पाण्डाको छालासहित बसुन्धाराबाट ४ जना पक्राउ

    रेड पाण्डाको छालासहित बसुन्धाराबाट ४ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे)को अवैध रुपमा चोरी पैठारी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा धादिङ गङ्गाजमुना गाउँपालिका-७ का निरबहादुर घले, सिन्धुपाल्चोक चौतारा-१३ का सुरेश गिरी, नुवाकोट शिवपुरी गाउँपालिका-४का कृष्णबहादुर तामाङ र ओखलढुंगा माने भन्ज्याङ- २ का मोहनकृष्ण कार्की रहेका छन् ।



    महाशाखाका अनुसार उनीहरुलाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले बसुन्धाराको मयुर क्याफेबाट उनीहरुलाई पक्राउ  गरेको हो।



    पक्राउ परेकाहरुको साथबाट रेडपाण्डाको छाला ४ थान र ४ थान मोबाइल समेत बरामद गरिएको महाशाखाले जनाएको छ।

    उनीहरुमाथि थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार