Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ५ अर्ब ६७ करोड ठगी काण्डका नाइके इच्छाराज तामाङ जेल चलान

    ५ अर्ब ६७ करोड ठगी काण्डका नाइके इच्छाराज तामाङ जेल चलान

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 2K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल सहकारीकोअर्बौ ठगी मुद्दामा व्यापारी तथा पूर्व सांसद इच्छाराज तामाङलाई जेल पठाउने आदेश दिएको छ।

    जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो ।



    तामाङले सहकारीको पैसा आफ्ना कम्पनीमा लगाएर निक्षेपकर्तालाई फिर्ता नगरी  ठगी गरेका थिए ।



    केन्द्रिय अनुसन्धान व्युरो ( सिआईबी)ले उनलाई ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

    अदालतले सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ । ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश भएको छ । ठगी मुद्दामा इच्छाराज तामाङविरुद्ध एक हजार ४९९ जनाले किटानी जाहेरी दिएका थिए ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार