Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'प्रचण्डकै एजेण्डाले एकल महिलालाई राष्ट्रपतिसम्म बनायो'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै पहलमा मुलुकमा संघीयता आएको दाबी गरेकी छन्।

मंगलबार राति प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष केसीले यस्तो दाबी गरेकी हुन्।

कार्यक्रममा पत्रकार धमलाले माओवादी अध्यक्ष प्रचण्डले त पार्टीभित्र रुपान्तरणको आवश्यक रहेको छ भन्नु भएको छ नि ? भन्ने प्रश्नको जवाफमा जवाफ दिंदै अध्यक्ष केसीले नेपालमा राजतन्त्र फाल्नेदेखि गणतन्त्रको स्थापना ल्याउनेसम्म प्रचण्डको योगदान रहेको बताइन्।

उनले कार्यक्रममा एकल/बिधुवा महिला राष्ट्रपतिसम्म बन्ने अवसर पनि प्रचण्डले नै सिर्जना गरेको र त्यो बातावरण माओवादीले नै बनाएको बताइन् । उनले माओवादीकै कारण मनिस भएर बाच्न सक्ने दिन आएको पनि ब्याख्या गरिन्।

'जहानियाँ शासन हटाएर, यस्तो अवस्थामा, हिजो बिधुवा महिला (मैले गलत अर्थमा भनेकी हैन) एकल राष्ट्रपति बन्ने बातावरण कसले सिर्जना गर्यो ? त्यो बातावरण माओवादीले नै बनायो, हाम्रो एजेण्डा सबै संबिधानमा बोल्छ', कार्यक्रममा केसीले भनिन्।

'हामीले गरिबी हटाउन सकेनौं, तर हामीले कम त गर्यौं नि '? उनले भनिन् । अध्यक्ष केसी कर्णाली प्रदेशमा पछिल्लो समय धेरै प्रगति भइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077