Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डको दस्तावावेजमाथि लेखनाथको टिप्पणी: हामीभित्र पनि 'बा प्रवृति' हाबी भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले आफूहरुको पार्टीमा पनि ‘बा प्रवृत्ति’ हाबी भएको टिप्पणी गरेका छन् ।

कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको राजनीतिक प्रतिवेदनमा १०बुँदे फरक मत राखेका न्यौपानेले प्रचण्ड स्वयंमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको बताए ।

नेता न्यौपानेले प्रचण्डका प्राय सबै सार्वजनिक अभिव्यक्तिहरुमा हामीको सट्टा म प्रवृति हाबी भएको बताए ।

नेता न्यौपानेले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको, तर हामी भन्ने एक ठाउँमा मात्र उल्लेख भएको स्मरण गराए।

‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ,' न्यौपानेले भने।

पछिल्लो समय पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी कार्यकर्ताहरुले बा भनेर सम्बोधन गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077