Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गाडीको ठक्करबाट एक जनाको मृत्यु

    गाडीको ठक्करबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल : तस्बिर

    दाङ। दाङमा आज बिहान गाडीले ठक्कर दिँदा दंगिशरण गाउँपालिका ६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    केसीलाई आज बिहान ४ बजेतिर ठक्कर दिएको गाडीको पहिचान हुन नसकेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।



    तुलसीपुर सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण-६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो ।  सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु  भएको डिएसपी अर्यालले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार