Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सेनापतिहरु नै पार्टी फुटाउन लागे, मेरो बंगाली नबाबकै ताल भयो: ओली

    सेनापतिहरु नै पार्टी फुटाउन लागे, मेरो बंगाली नबाबकै ताल भयो: ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको गुनासो गरेका छन् ।

    शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफै अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरे ।



    ओलीले भने, ‘अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको सेनापति मिर जाफरलाई जसरी किनेर प्रयोग गरेको थियो, त्यसरी नै आफ्नो पार्टीका नेताहरूले बिके।’



    बंगाल राज्य बचाउनुपर्नेमा अंग्रेज सरकारसँग नै सेनापति मिलेकाले बचाउन नसकिएको जस्तै अहिले आफ्नो हालत पनि त्यस्तै भएको ओलीको भनाइ थियो ।

    आफ्नो सरकारलाई देश–विदेशी प्रतिक्रियावादी शक्तिले ढालेको ओलीले दाबी गरे । ओलीले आफ्नो सरकार हुँदा कतै जनता नमारिएको, दमन नभएको र विपक्षीमाथि केही नगरेको दाबी समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार