Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग

    पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ। पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने भन्दै पुस २७ गते सार्वजनिक बिदा दिन माग गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको हो ।

    राष्ट्रिय एकता परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीहरु लगायतका वक्ताले पुस २७ का दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताए ।



    पार्टीको केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले सो माग गरेको हो । पार्टीले सार्वजनिक विदाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।



    राप्रपाले देशभर पुस २७ मा पृथ्वी जयन्ती मनाउनेसमेत निर्णय गरेको छ। यस्तै बैठकले पार्टीमा नयाँ प्रवेश गरेकाहरुलाई जिम्मेवारी दिने लगायतका निर्णयहरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार