Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

    ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.2K
    SHARES

    सांकेतिक तस्बिर

    महोत्तरी। महोत्तरीको लोहारपट्टी नगरपालिका–४स्थित सडकमा आज साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको भङ्गहा नगरपालिका–८ बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।



    सात जना रहेको सो ट्रयाक्टर तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसँगै बसेका शैलेन्द्रको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको हो । मृतक शैलेन्द्रको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।



    साथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् ।रासस 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार