Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नयाँवर्षकै दिन न्यूयोर्कमा कुटिए चर्चित गायक राजेशपायल राई

    नयाँवर्षकै दिन न्यूयोर्कमा कुटिए चर्चित गायक राजेशपायल राई

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 2.1K
    SHARES

    काठमाडौं। ‘राई इज किङ’ भनेर चिनिने चर्चित गायक राजेशपायल राईमाथि कुटपिट भएको छ। नयाँवर्ष सन् २०२२ को स्वागतमा न्यूयोर्कमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेबेला राईमाथि हातपात भएको हो ।

    कन्सर्टमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट न्याँक्दै हातपातको प्रयास गरेका थिए । कार्यक्रममा सहभागी दर्शकले हातपात हुनबाट जोगाएर ती व्यक्तिलाई त्यहाँबाट निकालेको भिडियो सार्वजनिक भएको छ ।



    सांगीतिक कार्यक्रममा सबैजना झुमिरहेका बेला ती व्यक्ति अचानक स्टेजमा चढेर हातपात गर्ने प्रयास गरिरहेको दृश्य भिडिओमा देख्न सकिन्छ ।



    नयाँवर्ष मनाउन राई इज किङ भनेर चिनिने गायक राई अहिले न्यूयोर्क पुगेका छन् ।

    नेपाली समयानुसार आज दिउँसो १२ बजे न्यूयोर्कमा उक्त कार्यक्रम भएको थियो । गायक राजेशपायल राईमाथि कुटपिट गर्ने व्यक्तिले मदिरा सेवन गरेको वताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार