Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • माओवादीको महाधिवेशनका कारण संसद बैठक स्थगित

    माओवादीको महाधिवेशनका कारण संसद बैठक स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 957
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  काठमाडौँको कमलादीमा जारी नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

    संसद सचिवालयका अनुसार संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको हो।



    यसअघि सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाएका थिए । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्ने तयारी गरिरहेको बताइएको छ।



    संसद बैठक स्थगित भएसंगै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

    संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार