Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अनुसन्धानको इन्सपेक्टर हुँ भन्दै हिड्ने भण्डारी लागूऔषधसहित पक्राउ

    अनुसन्धानको इन्सपेक्टर हुँ भन्दै हिड्ने भण्डारी लागूऔषधसहित पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.3K
    SHARES

    कन्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ बस्ने वर्ष ३३ का सनम भण्डारी र वर्ष २८ की रितु भण्डारी रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार से ३ प ४४९६ नम्बरको मोटरसाइकलमा पुर्नवास नगरपालिका–१० दोदा पुल क्षेत्रजाँदै गरेका उनीहरुलाई लागूऔषधसहित पक्राउ गरिएको हो।



    उनीहरुको साथबाट प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्यावलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद गरिएको डीएसपी शाहले बताए ।

    डीएसपी शाहका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेको अनुसन्धानमा खुल्न आएको छ।

    दुवैले लागुऔषध भारतको वसया बजारबाट खरिद गरेर ल्याएको प्रहरीसँगको बयानका क्रममा बताएका छन् । पक्राउ परेका दुवैमाथि प्रहरीले अनुसन्धानको कार्य जारी रहेको डीएसपी शाहको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार