Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मलामी बोकेर रिडी जाँदै गरेको बस पाल्पामा दुर्घटना: ७ जनाको मृत्यु, ८ घाइते

    मलामी बोकेर रिडी जाँदै गरेको बस पाल्पामा दुर्घटना: ७ जनाको मृत्यु, ८ घाइते

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.2K
    SHARES

    सांकेतिक तस्बिर

    बुटवल । बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाकाे रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएकाे छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका अनुसार उक्त दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।



    लु २ ख ७२७९ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।



    उनीहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीको भनाइ छ।

    मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना मलामी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार