Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भारतमा ओमिक्रोनको त्रास: आरआरआरको प्रदर्शन मिति सर्‍यो

    भारतमा ओमिक्रोनको त्रास: आरआरआरको प्रदर्शन मिति सर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । बलिउडको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को प्रदर्शन मिति सारिएको छ ।

    पछिल्लो समय भारतमा निरन्तर बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन मिति सारिएको निर्माण पक्षले जानकारी दिएका छन्।



    आरआरआरका निर्माताहरूले एक विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘हाम्रो सबै प्रयासका बावजुद पनि कतिपय परिस्थिति हाम्रो बसमा छैनन् । किनकि देशमा धेरै थिएटर बन्द हुँदैछन् । त्यसैले हामीसँग विकल्प बाँकी छैन, हामीले भारतीय सिनेमाको महिमा फिर्ता ल्याउने वाचा गरेका थियौं र सही समयमा गर्नेछौं।’



     

    View this post on Instagram

     

    A post shared by Taran Adarsh (@taranadarsh)


    एसएस राजामौलीको फिल्म बाहुबली ७ जनवरी २०२२ मा रिलिज हुने तय भएको थियो । शाहिद कपूरको ‘जर्सी’पछि कोभिडका कारण स्थगित भएको आरआरआर दोस्रो फिल्म हो।

    निकै ठूलो लगानीमा बनेको यस फिल्ममा दक्षिण भारतीय सुपरस्टार जुनियर एनटिआर, राम चरणसँगै बलिउड अभिनेता अजय देवगनलगायतको अभिनय रहेको छ।

    निर्धारित प्रदर्शन मितिबाट पछि सरेको फिल्म अब कहिले प्रदर्शन हुन्छ भन्नेबारेमा आगामी दिनमा बताउने फिल्मको निर्माण पक्षले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार