Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • माओवादी महाधिवेशन: प्रचण्डले कार्यकर्ताकै बीचमा बसेर खाना खाए

    माओवादी महाधिवेशन: प्रचण्डले कार्यकर्ताकै बीचमा बसेर खाना खाए

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यकर्तासँगै बसेर खाजा खाएका छन् । कमलादीमा जारी पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताहरुसंगै बसेर खाजा खाएका हुन्।

    महाधिवेशनबाट पार्टीलाई नयाँ विचार र नयाँ कार्यदिशाका साथ अघि बढाउने घोषणा गरेसँगै नेता–कार्यकर्ताहरुको आचार र व्यवहारलाई जनमुखी बनाउन विभिन्न निर्णय गरेको छ ।



    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावमै यी विषयलाई प्रस्ट उल्लेख गरिएको छ । भने राजनीतिक प्रस्तावमाथिको छलफलमा सहभागीहरुले पनि सामाजिक जीवनलाई जनमुखी बनाउन जोड दिएका छन् । जारी महाधिवेशनकै क्रममा नेताहरुले व्यवहार र जीवनशैलीमा परिवर्तनका केही उदाहरण प्रस्तुत गरेका छन् ।



    पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ लगायतले महाधिवेशनका क्रममा कार्यकर्ताहरुकै बीच रहेर खाना तथा खाजा खाएर परिवर्तनको सुरुवात आफैबाट गर्न थालेका हुन् ।

    जनयुद्धका क्रममा जनताको घरदैलोमा पुगेर सामान्य हैसियतमै गाउँघरका परम्परागत खाना खाएर संघर्ष गरेका नेताहरु विलासी बन्दै गएको, सुविधाभोगी हुँदै गएको आरोप पछिल्लो समय व्याप्त थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार