Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • माओवादी केन्द्रले पदाधिकारी भोलि चयन गर्ने

    माओवादी केन्द्रले पदाधिकारी भोलि चयन गर्ने

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको भोलि टुंगो लाग्ने बताएका छन् । महाधिवेशन हलमा दाहाल पदाधिकारीमा करिब सहमति जुटिसकेको र सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने बताएका हुन् ।

    ‘पदाधिकारी विधानअनुसार केन्द्रीय समितिले टुंग्याउने हो । कतिपयले आजै टुंगो लगाऔं भने । भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ। भोलि टुंगो लाग्छ ।’



    माओवादीको केन्द्रीय समितिले १५ पदाधिकारी चयन गर्नेछ । सोमबार बस्ने बैठकको समय सोमबारै तय गरिने छ । आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली बजाएर अनुमोदन गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार