Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रिय सभा चुनावबारे छलफल

    सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रिय सभा चुनावबारे छलफल

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 2.3K
    SHARES

    फाइल तस्विर फाइल फोटो

    काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्ने भएको छ ।
    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    सत्ता साझेदार दलहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    यद्यपि आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव नै बैठकको मुख्य एजेण्डा रहेको स्रोतले बतायो । सत्ता साझेदार दलहरु गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार