Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध, लिए पद तथा गोपनियताको सपथ

    माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध, लिए पद तथा गोपनियताको सपथ

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् ।

    ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।



    केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गरेका थिए ।



    नेता श्रेष्ठको प्रस्ताव र नेता महराको समर्थनलाई केन्द्रीय समितिका सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए ।

    अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले अध्यक्ष पद तथा गोपनियताको सपथ लिएर केन्द्रीय समिति बैठकलाई सम्बोधन गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार