Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो, नेतृत्व चयनमा मेरो आदेश थिएन: प्रचण्ड (भिडियो)

    हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो, नेतृत्व चयनमा मेरो आदेश थिएन: प्रचण्ड (भिडियो)

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशनमा नेतृत्व चयनलाई लिएर गरिएको टीकाटिप्पणीले आफू दु:खी रहेको बताएका छन्।

    बुधबार केन्द्रीय कमिटीको पहिलो बैठकबाट पुन: अध्यक्षमा निर्विरोध निर्वाचित भएपछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।



    नेतृत्व चयन आफ्नो आदेशबाट नभएर लोकतान्त्रिक र जनवादी विधिबाट गरिएको प्रचण्डको भनाइ छ । उनले आफ्नो पार्टीको महाधिवेशनलाई अपमान गर्न खोजेको समेत बताए।



    ‘प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो’ प्रचण्डले भने, ‘मलाई दुःख लागेको छ ।’

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार