Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सशस्त्र प्रहरीद्वारा पेस्तोल र गाँजासहित युवक पक्राउ

    सशस्त्र प्रहरीद्वारा पेस्तोल र गाँजासहित युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.5K
    SHARES

    महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ बर्षिय मोहमद राजा कवाडी छन् । कवाडीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले पौष १८ गते मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित पक्राउ गरेको हो।



    सशस्त्रका अनुसार उनको साथबाट पेस्तोलसहित ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० ग्राम गाँजा समेत बरामद गरिएको थियो।



    पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्रले जनाएको छ।

    यसैगरी, बारा जिल्लाको सीम्रौणगढ नगरपालिका-६ स्थित सीमा नाकाबाट सोमबार सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित भारत घर बताउने विकी
    कुमार दासलाई पक्राउ गरेको छ ।

    नम्बर प्लेट नभएको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेकादासलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
    महोत्तरी र बोर्डर आउट पोष्ट गोलागंजले पक्राउ गरेको हो।

    पक्राउ परेका दासलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको बोर्डर आउट पोष्ट गोलागंजले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार