Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • वर्षमान पुन दम्पती आज चीनबाट स्वदेश फर्कँदै

    वर्षमान पुन दम्पती आज चीनबाट स्वदेश फर्कँदै

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी भने चयन गर्न सकेको छैन् ।

    ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले दाहाललाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी भने बैठकले चयन गर्न सकेन ।



    माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष दाहालले चीनमा उपचाररत नेता वर्षमान पुन र ओनसरी घर्तीको समेत सहभागितामा पदाधिकारी टुंगो लगाउनु उचित हुने धारणा राखेपछि सोमबारको बैठकबाट पदाधिकारी टुंगो लाग्न सकेन । पुनः र घर्तीको समेत सहभागितामा २५ पुसको बैठकबाट पदाधिकारी टुंगो लगाउने उनले बताए । पुन आज मंगलबार नेपाल फर्किंदै छन् ।



    माओवादी नेता कृष्णबहादुर महराका अनुसार केन्द्रीय समितिको अर्को बैठक २५ पुसमा बस्नेछ । सो बैठकबाट अन्य पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको टुंगो लाग्ने उनले बताए । माओवादी स्रोतका अनुसार पदाधिकारीका आकांक्षी बढी भएपछि सर्वसम्मत हुन नसकेको हो ।

    माओवादी विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । तर, महाधिवेशनमा दाहालले २ सय ९९ सय केन्द्रीय सदस्यमध्ये २ सय ३६ जनाको नाम प्रस्ताव गरेपछि बन्दसत्रले पारित गरेको थियो ।

    माओवादीको विधानअनुसार अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

    बैठकमा आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार