Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडलाई उल्भ्सले हरायो

    इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडलाई उल्भ्सले हरायो

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.3K
    SHARES

    काठमाण्डौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित भएको छ । ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा उल्भ्सले घरेलु टोली युनाइटेडलाई १–० गोलले हराएको हो ।

    खेलको ८२औँ मिनेटमा उल्भ्सका जोआओ माउटिन्होले गरेको गोल नै निर्णायक भयो । त्यसअघि युनाइटेडका क्रिस्टियानो रोनाल्डोले फ्रि–किकबाट गरेको गोल अफसाइड भएको थियो ।



    उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओर्ल्ड ट्राफोर्डमा जित निकालेको हो । जितसँगै उल्भ्सको १९ खेलमा २८ अङ्क भएको छ ।



    उल्भ्स अङ्क तालिकाको आठौँ स्थानमा छ । समान खेलमा म्यानचेस्टर युनाइटेड ३१ अङ्कका साथ सातौँ स्थानमा छ ।म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार