Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हेलिकप्टर चढेर धरान आएका देउवाले अटो चढेर बजार घुमेपछि…

    हेलिकप्टर चढेर धरान आएका देउवाले अटो चढेर बजार घुमेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.4K
    SHARES

    सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले अटो चढेर बजार घुमेका छन्।

    मंगलबार फोहोरमैला प्रशोधन केन्द्रको उदघाटनका लागि धरान आइपुगेका प्रधानमन्त्री देउवाले उक्त कार्यक्रमपछि अटो (सफारी)मै चढेर बजार घुमेका हुन्।



    प्रधानमन्त्री देउवा ‘धरान डे’ उद्घाटनलगायत कार्यक्रमका लागि मंगलबार बिहान काठमाडौँबाट हेलिकप्टरमा धरान आएका थिए।



    फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने अटोमा बसेर देउवा केही बेर घुमेका थिए ।

    फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो। यो केन्द्रबाट दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमता छ।  प्रशोधन केन्द्रबाट उत्पादन हुने ग्यास धरानमा चल्ने ट्याम्पो र सफारीमा प्रयोग गरिने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार