Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नागढुङ्गा नाकामा कडाइ, लागूऔषधसहित दुई जना पक्राउ

    नागढुङ्गा नाकामा कडाइ, लागूऔषधसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । प्रहरीले काठमाडौँ भित्रिने मुख्यनाका नागढुङ्गाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारा महागढीमाई १ का २७ बर्षीय कृष्ण यादब र सप्तरी सखुवा-४ का १९ बर्षीय दिपेश कुमार राम रहेका छन्।



    महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले बाराबाट र सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको क्रमश प्रदेश २-०३-००१ ख ३६२२ र प्र.१-००५-००१ ख ००६५ नम्बरको यात्रुबाहक बस चेक जाँचका क्रममा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।



    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले उनीहरुको साथबाट नोफिन, फेरागन र डाइजेपाम नाम गरिएका ७०० एम्पुल लागुऔषध समेत बरामद गरिएको छ।

    पछिल्लो समय प्रहरीले सो नाकामा विशेष कडाइ गरेसँगै लागूऔषध कारोबारकर्ता पक्राउ हुन थालेका छन् । पक्राउ परेका यादव र रामलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार