Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ललिता निवास प्रकरण: गच्छदार, बस्न्यात र पन्तसहित तीन सय जनाविरुद्ध पक्राउ पूर्जी जारी

    ललिता निवास प्रकरण: गच्छदार, बस्न्यात र पन्तसहित तीन सय जनाविरुद्ध पक्राउ पूर्जी जारी

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । नेपाल  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) ललिता निवास जग्गा प्रकरणमा ३ सय जना भन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको जनाएको छ ।

    ललिता निवास प्रकरणमा अनुसन्धान गर्दै आएको सीआईबीले अनुसन्धान सकिनै लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको जनाएको हो।



    सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहका अनुसार पूर्जी जारी भएकाहरु अधिकांश ‘हाइप्रोफाइल’ व्यक्ति रहेका छन् । जसमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवद्वय छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत छन्।



    उक्त प्रकारणमा मुख्य बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई सीआईबीले यसअघि नै पक्राउ गरेको थियो । अभियुक्तमध्ये ढकाल डिल्लीबजार कारागारमा छन् भने सुबेदी दम्पती अहिले सीआईबीको अनुसन्धानमै रहेका छन्।

    सुबेदी मंगलबार दम्पतीको बिषयमा मंगलबार सीआईबीले विशेष अदालतलाई पत्र लेख्दै उनीहरुबारे थप अनुसन्धान गर्न के गर्ने भन्दै प्रश्न समेत गरेको थियो।

    यता पक्राउ पूर्जी जारी भएकामध्ये अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातविरूद्ध भ्रष्टाचार गरी कालोधन आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको छ। उनीसँगै छोरा कमल बस्नेत, ज्वाईँद्वय प्रज्जवल अधिकारी र मनोज सुवेदी अनुसन्धानमा छन्।

    ती सबैको नाममा गएको सम्पत्तिको मूल्यांकन भइरहेको सीआईबी स्रोतको दाबी छ । बस्न्यात लोकमानसिंह कार्कीको बर्खास्तीपछि अख्तियारको प्रमुख आयुक्त बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार