Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सीके राउत र यादवसँगको दुस्मनी महँगो पर्यो पाण्डेलाई, सजिलो छैन एसपी अर्जुनलाई पनि !

    सीके राउत र यादवसँगको दुस्मनी महँगो पर्यो पाण्डेलाई, सजिलो छैन एसपी अर्जुनलाई पनि !

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 3.2K
    SHARES

    निर्मल लामिछाने / पुषको महिना, त्यही माथि पछिल्ला दिनहरुमा भएको मौसमको बदली, जसले गर्दा हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र तराईका जिल्लाहरुमा शितलहर निकै परेको छ । मानिसहरु चिसोबाट बच्न अनेकौं उपायहरु खोजिरहेका छन् । यस्तोमा सरकारले पनि सम्बन्धित क्षेत्रका मानिसहरुलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

    हुनत: चिसोमा निकै चिसो र गर्मीमा निकै गर्मी हुनु तराईको विशेषता नै हो । बिहानैदेखि पर्ने शितलहर र बाक्लो हुस्सुले गर्दा जाडोका महिनाहरुमा यहाँका मानिसहरुको जनजीबन निकै कस्टकर हुने गर्दछ । चिसोकै कारण विद्यालयहरुले पठनपठन समेत बन्द गरेका छन् भने सरकारी कार्यालयमा समेत मान्छेहरुको निकै कम उपस्थिति हुन थालेको छ ।



    तर, सरकारले चिसोका बेला बाहिर ननिस्किनु, घरभित्रै न्यानो गरेर बस्नु भनेर सबैमा आग्रह गरिरहँदा केही व्यक्तिहरु भने दिनहुँ बिहानैदेखि बेलुकासम्म शितलहर छल्दै कठ्याङ्ग्रिएको हात तताउँदै दिनभर सडकमा खटिन्छन् ।  उनीहरु हुन्- डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता।



    पछिल्लो केही दिनयता तराईमा मुख्यत: सिरहामा सीके राउत नेतृत्वको पार्टीले दिनहुँ प्रदर्शन र आन्दोलन गर्दै आएको छ । उक्त पार्टीले आन्दोलनका नाममा सवारीसाधन तोडफोडदेखि केही ट्रकहरुमा आगजनी समेत गरेको छ । उसले पछिल्लो समयको आन्दोलन भने स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै गरिएको बताए पनि यसमा अनेकौं स्वार्थ देखिएको जानकारहरु बताउछन्।

    तर, जनमत पार्टीले भने आफ्नो आन्दोलनमा कुनै स्वार्थ नभएको भन्दै आफूहरुले किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने भन्दै आवाज उठाएको दाबी गर्दै आएको छ ।

    घटना यतिमा रोकिदैन, सडकमा जथाभावी प्रदर्शन गर्ने, आन्दोलनका नाममा सर्वसाधारणलाई सास्ती दिने, राजमार्ग नै बन्द गर्नेलगायतका कार्य गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय सिरहाले जनमतका कार्यकर्तालाई नियन्त्रणमा लियो । तत्कालिन सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेको निर्देशनमा आफ्नो कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै पार्टीका अध्यक्ष राउतले त पाण्डेलाई कारवाही गर्ने धम्की समेत दिए। राउतले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई एसपी पाण्डेको निर्देशनमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै कारवाहीको चेतावनी समेत दिएका थिए।

    घटनापछि बुढी मर्नु र काल आउनु एकै जस्तो भयो एसपी पाण्डेलाई, राउतको धम्की सहेर बसेका पाण्डे आफ्नो रिस पोख्न कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव कहाँ मदिराले मातेर पुगे । यादवसँग पाण्डेको पुरानो दुस्मनी थियो । जसमा सिरहा प्रहरीले केही महिनाअघि किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा  सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । एसपी पाण्डले अभियुक्तलाई समातेपछि सभापति यादवले छोड्न दबाब दिएपछि दुस्मनी बनेको थियो।

    पछिल्लो समय सिरहाको सुरक्षास्थिति र बढ्दो अराजकताका कारण प्रहरी प्रधान कार्यालयले एसपी पाण्डेलाई काठमाडौँ बोलायो र उनको ठाउँमा उपत्यका शिक्षालयमा कार्यरत एसपी अर्जुन तिमिल्सिनालाई काज सरुवा गर्यो।

    घटना त्यतिकै रोकिएन, सिरहाबाट आफू हेडक्वाटर तानिएको खबर पाएसंगै एसपी पाण्डे मुर्मिरिएर ज्यान मार्ने धम्की दिँदै कांग्रेस जिल्ला सभापति यादवको घरमा पुगेर आफ्नो सरुवामा उनको हात रहेको दाबी गर्दै गोली हान्ने धम्की दिए । घटनाबारे कांग्रेस सिरहाले यादवमाथि धम्क्याउने र मर्ने धम्की दिने एसपी पाण्डेलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गर्दै उजुरी दायर गरेको थियो।

    अत: पाण्डेलाई प्रहरी प्रधान कार्यालयले कांग्रेस नेतालाई गोली हानेर मारिदिन्छु भन्दै धम्की दिएको आरोपमा तीन महिनाका लागि निलम्बित गरेको छ।  पाण्डेमाथि भएको प्रारम्भिक छानबिनमा दोषी देखिएपछि कारवाही गरिएको प्रहरी स्रोतको भनाइ छ। यद्यपि उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयको भनाइ छ।

    एसपी पाण्डे गत जेठमा सिरहा सरुवा भएर आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार