Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • शान्ति मिसन: आठौँ डफ्फाको अन्तिम टोली सुडान उड्यो

    शान्ति मिसन: आठौँ डफ्फाको अन्तिम टोली सुडान उड्यो

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनाका लागि चन्दननाथ गण शान्ति सेना आठौँ डफ्फाको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

    सेनानी गोपालसिंह बोहराको नेतृत्वमा २०५ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मिशन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौँ डफ्फालाई बदली गर्न टोली त्यहाँ गएको हो । नेपाली सेना संयुक्त राष्ट्रसङ्घका विभिन्नमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।



    कोभिड–१९ सङ्क्रमणकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदली बदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको सेनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार