Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • देउवाको दुत बनेर ओली भेट्न बालकोट पुगे रामचन्द्र, संसदको अवरोध खुलाउन आग्रह

    देउवाको दुत बनेर ओली भेट्न बालकोट पुगे रामचन्द्र, संसदको अवरोध खुलाउन आग्रह

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री शेरबहादुर देउवाको अघोषित दुत बनेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

    संसदको अवरोध खुलाउन आग्रह गर्दै पौडेल बुधबार साँझ ओली निवास बालकोट पुगेका हुन् । नेता पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरे ।



    अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई राखेर चलाइरहेको संसदको अवरोध कायमै राख्ने अध्यक्ष ओलीले पौडेललाई जवाफ फर्काएका छन् ।



    सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको संयोजकको हैसियतले आफूले बालकोट पुगेर ओलीँग आग्रह गरेको पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार