Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • घण्टाघर एरियामा मोटरसाइकल चोरी गर्दै गरेका तीन युवक प्रहरीको फन्दामा

    घण्टाघर एरियामा मोटरसाइकल चोरी गर्दै गरेका तीन युवक प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    पर्सा । प्रहरीले वीरगंज घण्टाघरबाट २ वटा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१५ बस्ने २० वर्षीय अवधेश महतो, सोही ठाउँ बस्ने २१ वर्षीय सुवास तिवारी र बारा कोल्हबी नगरपालिका-९ बस्ने १९ वर्षीय सबिन चौधरी रहेका छन् ।



    प्रहरीका अनुसार सोही बाराका आर्यन गुप्ताले पार्किङ गरी राखेको प्रदेश २-०३-०१३ प २४५७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा महतो र तिवारीलाई मंगलबार राति घण्टाघरस्थित सडक छेउमा पार्किङ गरी राखेको ना.२५ प ८६६९ नम्वरको मोटरसाइकल चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।



    उनीहरु उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार