Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बतास समूहसँग आफ्नो नाम जोडिएपछि प्रधानमन्त्री पत्नी आरजुले दिइन् यस्तो स्पष्टोक्ति

    बतास समूहसँग आफ्नो नाम जोडिएपछि प्रधानमन्त्री पत्नी आरजुले दिइन् यस्तो स्पष्टोक्ति

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नारायणहिटी दरबार संग्रहालयको जग्गामा रेस्टुरेन्ट बनाइरहेको बतास समूहमा आफ्नो नाम जोडिएर समाचारहरु बहिरिएपछि प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवाले त्यसको खण्डन गरेकी छन् ।

    कांग्रेस केन्द्रीय सदस्य समेत समेत रहेकी आरजुले बिहिबार एक प्रेस नोट सार्वजनिक गर्दै विभिन्न संघसंस्थामा आफ्नो नाम जोडिएको भन्दै त्यसको खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी हुन्।



    ‘सञ्चारमाध्यमहरूमा विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्ष भएको छ,’ आरजुले भनेकी छन् ।



    आरजुले ग्रामीण महिला विकास तथा एकेता केन्द्र (रुडुक) नेपालमा संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष, नामीको अध्यक्ष, युलियन्स स्कुलको अध्यक्ष तथा ब्लड डोनर्स एसोसिएसन अफ नेपाल (ब्लोदान)को संरक्षक रहेको र यी संस्थाबाहेक अरु कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको दाबी गरेकी छन् ।

    ;

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार