Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुदूरपश्चिमको त्रिनगर नाका हुँदै स्वदेश फर्कदै गरेका ४८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिमको त्रिनगर नाका हुँदै स्वदेश फर्कदै गरेका ४८ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    कैलाली । कोरोना संक्रमण बढेसंगै भारतबाट नेपाल फर्कने नेपालीहरुमा यसको संक्रमण तिब्र पाइएको छ ।

    कैलालीको त्रिनगर नाका भएर स्वदेश फर्कदै गरेका ४८ जनामा बिहीवार कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।



    त्रिनगर नाकामा खटिएका हेल्थडेस्क इन्चार्ज गणेश साउदले ४३४ जनामा कोभिड-१९ परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको बताए । उनले पोजिटिभ देखिएकाहरुलाई धनगढी उपमहानगरपालिका १५ स्थित आइसोलेसन सेन्टरमा पठाइएको बताए ।



    पछिल्लो समय भारतमा कोभिड-१९ को संक्रमण तिब्र रुपमा फेलिएपछी रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन । हिजो (बुधबार) मात्रै सोही नाकामा ३४ जनामा कोभिड-१९ पोजिटिभ देखिएको साउदले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार