Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कपनमा लिभिङ टुगेदरमा रहेका युवक-युवती मृत फेला

    कपनमा लिभिङ टुगेदरमा रहेका युवक-युवती मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपन राधाकृष्ण मन्दिर नजिककै लिभिङ टुगेदर बस्दै आएका युवक–युवती मृत फेला परेका छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् ।



    केटाको ठूलीआमाको घरको कोठामा उनीहरुको शव  भेटिएको प्रहरीले जनाएको छ ।  युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट भेटिएको प्रहरीको भनाइ छ



    प्रहरीले घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको  र  घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार