Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चर्चित गायिका असीस कौर काठमाडौँ ओर्लिन् , भोलि क्लब प्लेटिनममा धमाका मच्चाउने

    चर्चित गायिका असीस कौर काठमाडौँ ओर्लिन् , भोलि क्लब प्लेटिनममा धमाका मच्चाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । चर्चित भारतीय-बलिउड गायिका असीस कौर नेपाल आइपुगेकी छिन्।

    काठमाडौंको दरबारमार्गमा रहेको क्लब प्लेटिनममा जनवरी ८ मा हुने ‘राता लम्बिया नाइट विथ आसीस कौर’ कन्सर्टमा सहभागी हुन असीस कौर आज भारतबाट काठमाडौँ आएकी हुन्।



    फेलिज इन्टरनेसनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायत मार्फत दर्शक नचाउने आयोजकको भनाइ छ।



    असीसलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र यहाँको व्यापार व्यवसायलाई समेत फाइदा पुग्ने आयोजकको भनाइ छ। आयोजकका अनुसार कार्यक्रममा आसीस कौरका अलावा नेपाली गायक याबेश थापाको समेत प्रस्तुति रहनेछ ।

    लामो समयदेखिको कोरोना कहरका कारण घरमै खुम्चिएका युवा पुस्ताका लागि यो कन्सर्ट फलदायी सावित हुने क्लव संचालकको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार