Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सीडीओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृह मन्त्रालयको सर्कुलर

    सीडीओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृह मन्त्रालयको सर्कुलर

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखहरुलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ ।

    गृह मन्त्रालयमा आज नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरेका हुन्  ।



    उनले गृहमन्त्रालय अरु मन्त्रालय जस्तो नभइ चौविसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको जानकारी दिँदै असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरे ।



    राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने मन्त्री खाँणको भनाइ छ । ‘नयाँ चुनौती र दायित्व आउन सक्छन्,’उनले भने, ‘सामना गर्न कर्मचारी तयार हुनुपर्छ ।’

    कर्मचारीले जनता आउँदा सेवा राम्रो दिन सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री खाँणले अहिले दुई घण्टा लाग्दै आएको कामलाई डेढ घण्टा र छ घण्टा लाग्दै आएको कामलाई पाँच घण्टामा सम्पन्न गरे पनि सेवाग्राहीमा ठूलो राहत हुनेतर्फ ध्यानाकर्षण गराए । मन्त्री खाँणले मन्त्रालय र मातहतका कार्यालयमा कोही पनि हाकिम कर्मचारी नभइ सबै एकै परिवारका सदस्य रहेको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार