Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अनुमति बिना अनलाइन र नेटवर्किङ व्यवसाय गरे कारबाही गर्ने चेतावनी

    अनुमति बिना अनलाइन र नेटवर्किङ व्यवसाय गरे कारबाही गर्ने चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । इजाजत नलिई अनलाइन र नेटवर्किङ व्यवसाय सञ्चालन गरेको गृह मन्त्रालयले कारबाही गर्ने भएको छ ।

    शुक्रवार गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत बिना अनुमति विद्युतीय कारोबार फस्टाउँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका हुन् ।



    गैर कानुनी रूपमा सञ्चालित अनलाइन मार्फत गरिने व्यवसाय, बैङ्किङ, सहकारी, बिमा र अनलाइन गेमिङ बारे निगरानी र नियन्त्रण गरिने विज्ञप्तिमा उल्लेख छ ।



    मन्त्रालयले भनेका छ–‘इजाजत प्राप्त बाहेक गैर कानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार