Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पर्सामा बालक हत्या आरोपमा चार जना पक्राउ, १५ जनालाई सोधपुछका लागि बोलाइयो

    पर्सामा बालक हत्या आरोपमा चार जना पक्राउ, १५ जनालाई सोधपुछका लागि बोलाइयो

    अनलाइन नेपाल
  • शनिबार, २४ पुष २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    विरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीमा एकजना बालकको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

    नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षण ओमप्रकाश खनालले जानकारी दिए ।



    पक्राउ परेकाहरुको नाम सर्वजनिक गरिएको छैन । यसबारे थप १५ जनालाई सोधपुछका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।



    गाउँको पूर्वपट्टि रहेको उखुबारीमा शुक्रबार मन्टु मृत अवस्थामा फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार