Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कैलालीमा ७७ बर्षिया वृद्धामाथि बलात्कार, वडा सदस्यसहित पाँच पक्राउ

    कैलालीमा ७७ बर्षिया वृद्धामाथि बलात्कार, वडा सदस्यसहित पाँच पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाकी ७७ बर्षिया एक बृद्धामाथिको बलात्कार प्रकरणमा वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ का ३० वर्षीय प्रकाश सुवेदी, वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराई रहेका छन्।



    प्रहरीका अनुसार गत मंसिर १५ गते स्थानीय ७७ वर्षीया वृद्धामाथि बलात्कार भएको थियो । उनका छोराले सोही दिन प्रहरीमा उजुरी दिन खोज्दा स्थानीय जनप्रतिनिधिले मिलापत्र गराएका थिए । तर आर्थिक लेनदेनमा कुरा नमिलेपछि घटना बाहिरिएको अनुसन्धानमा देखिएको छ।



    प्रहरी स्रोतका अनुसार पीडकले पीडित पक्षलाई नगद तीन लाख रुपैयाँ दिने सहमति गरेर मिलापत्र गराएको थिए । तर सहमति बमोजिम पूरै रकम नदिइएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

    सोही उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार