Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नोबेल मेडिकल कलेज प्रकरण: आन्दोलनरत विद्यार्थीहरुद्वारा प्रशासनको भवन तोडफोड

    नोबेल मेडिकल कलेज प्रकरण: आन्दोलनरत विद्यार्थीहरुद्वारा प्रशासनको भवन तोडफोड

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.2K
    SHARES

    विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् ।



    नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आक्रोशित भिडले तोडफोड गरेको प्रहरीको भनाइ छ।



    प्रहरीका अनुसार विद्यार्थीको प्रदर्शनका कारण नोबेल मेडिकल कलेजको अवस्था केही समय तनावग्रस्त बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार