Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सबै अस्पतालहरुमा कोभिड बिरामीको संख्या दोब्बर: डा भुपेन्द्र बस्नेत

    सबै अस्पतालहरुमा कोभिड बिरामीको संख्या दोब्बर: डा भुपेन्द्र बस्नेत

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 2K
    SHARES

    काठमाडौँ । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) डाक्टर भुपेन्द्रबहादुर बस्नेतले पछिल्लो एक सातामा कोरोना संक्रमणको संख्या दोब्बरले बढेको बताएका छन्।

    आइतबार डा बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा केन्द्रीय अस्पतालको समन्वयमा रहेका अस्पतालहरुमा कोरोनाको विरामी भर्ना हुनेक्रम बढेको जानकारी दिएका हुन्।



    ‘कोभिड-१९ केन्द्रीय अस्पतालले उपत्यकाका १३ वटा अस्पताल र प्रदेशस्तरका ७ वटा अस्पतालसँग निरन्तर समन्वय गर्दै आएका छौं। सबै अस्पतालमा एक हप्ता अगाडिको भन्दा दोब्बरले विरामी संख्या बढेको छ,’ मन्त्रालयकी प्रवक्ता संगीता मिश्रासँग बस्नेतले भने।



    मन्त्रालयका अनुसार आइतबार मात्र एकैदिन १ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा संक्रमण निकै बढेको देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार