Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

    पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ ।

    ​नगरपालिकाले आइतबार सूचना प्रकाशन गरेर सार्वजनिक बिदा दिने जनाएको हो ।



    राष्ट्र निर्माता पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सम्मानका लागि नगरभित्र सार्वजनिक बिदा दिइएको नगरप्रमुख दिलीपप्रताप खाणले जानकारी दिए।



    नगरपालिकाले निकालेको सूचनामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा वालिङ नगरपालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार