Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लिपुलेकमा सडक खन्ने मोदीको घोषणा नेपाली सार्वभौमिकताको उल्लंघन हो: झलनाथ खनाल

    लिपुलेकमा सडक खन्ने मोदीको घोषणा नेपाली सार्वभौमिकताको उल्लंघन हो: झलनाथ खनाल

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माण/विस्तार गरिरहेको भन्नेबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

    पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सोमबार एक वक्तव्य जारी गर्दै नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरिरहेको भन्ने भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति आफ्नो र पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।



    ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई राम्ररी थाहा छ। नेपाल सरकारको परामर्श बिना त्यहाँ हुने कुनै पनि विकास गतिविधि पूर्णतया गैरकानूनी छ र यो हाम्रो भौगोलिक अखण्डता र राष्ट्रिय सार्वभौमसत्ताको सरासर उल्लङ्घन हो।’ खनालले जारी गरेको वक्तब्यमा भनिएको छ।



    साथै, वक्तब्यमा थप भनिएको छ, ‘हाम्रो पार्टीले हाम्रो भूभागको अखण्डता हनन र भारतीय नेताहरुको भड्काउ भनाइमा भइरहेको सडक निर्माणको घोर भर्त्सना गर्दछ । सिमानामा रहेको हाम्रो भूभागको सुरक्षाका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार