Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उपत्यकाका सीडीओहरुको संयुक्त बैठक: संक्रमणको ‘चेन ब्रेक’ गर्न स्मार्ट लकडाउन अनिवार्य !

    उपत्यकाका सीडीओहरुको संयुक्त बैठक: संक्रमणको ‘चेन ब्रेक’ गर्न स्मार्ट लकडाउन अनिवार्य !

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ।

    पछिल्ला केही दिनयता कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण निकै बढेपछि काठमाडौं उपत्यकाका (काठमाडौँ, भक्तपुर र ललितपुर) सीडीओहरुको बैठक आज दिउँसो बस्न लागेको हो ।



    यसअघि बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसीसी) को बैठकले  स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो । गृह मन्त्रालयले उक्त निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरुको बैठक बस्न लागेको हो।



    मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुले त्यसबारे छलफल गर्न लागेका छन् । सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने सीडीओहरुको भनाइ छ । संक्रमणको चेन ब्रेक गर्नकै लागि भए पनि हप्ता दश दिन आंशिक तथा पूर्ण निषेधाज्ञा गर्नुपर्ने विज्ञहरुको सुझाव छ।

    ‘संक्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिने बुझिएको छ। उपत्यकामा पछिल्लो समय संक्रमण दर निकै बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार