Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • माधव नेपाललाई कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?

    माधव नेपाललाई कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 951
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    अध्यक्ष नेपालको सचिवालयका अनुसार मंगलबार आएको रिपोर्ट अनुसार उनमा संक्रमण पुष्टि भएको हो । यद्यपि अध्यक्ष नेपालको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र आफ्नै निवासमा आराम गरिरहेको सचिवालयको भनाइ छ।



    केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादीका अधिकांशलाई कोरोना संक्रमण देखिएको थियो । नेपाल र प्रचण्डबीच कोरोना देखिनुभन्दा अघिल्लो दिन गठबन्धन बैठकका क्रममा उनीहरुबीच भेट भएको थियो ।



    कन्ट्रयाक ट्रेसिङका कारण नेपाल आइसोलेसनमा रहेर पीसीआर चेक गरेका थिए । रिपोर्टमा कोरोना देखिएपछि भेटघाट तथा सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार