Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सिंहदरबारको गेटमै गृहको सर्कुलर उलंघन, राप्रपाका अध्यक्षले जम्मा गरे मानिसहरुको भीड

    सिंहदरबारको गेटमै गृहको सर्कुलर उलंघन, राप्रपाका अध्यक्षले जम्मा गरे मानिसहरुको भीड

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 867
    SHARES

    काठमाडौं । कोरोना भाइरस महामारीको जोखिम बढेपछि रोकथाम र न्यूनीकरणका लागि भन्दै गृह मन्त्रालयले जारी गरेको सर्कुलरको ३६ घण्टा नपुग्दै उलंघन भएको छ।

    सोमबार गृहले कोरोना रोकथाम नियन्त्रणका लागि भन्दै एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको थियो । तर, गृहको निर्देशनलाई वेवास्ता गर्दै राजनीतिक दलका नेताहरु तथा कार्यकर्ताहरुले सयौंको संख्यामा भीड गरेका छन्।



    मंगलबार पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसहरुकोको बाक्लो भिड लागेको छ । जसमा राष्ट्रपति, पूर्वराजा, मन्त्रीहरु र नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।



    सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नेको भिड लागेसँगै गृहको निर्देशन उलंघन भएको देखिन्छ । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए । त्यसबेला सयौंको भिड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए ।

    यस्तै, पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले भृकुटीमण्डपमा कोणसभा आयोजना गरेको छ । त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हजारौंको जुलुस लिएर पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाउन पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार