Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • राजेन्द्र लिङ्देनको प्रश्न- पृथ्वीनारायणले एकीकरण नगरेको भए कहाँको राष्ट्रपति, कहाँको प्रधानमन्त्री ?

    राजेन्द्र लिङ्देनको प्रश्न- पृथ्वीनारायणले एकीकरण नगरेको भए कहाँको राष्ट्रपति, कहाँको प्रधानमन्त्री ?

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिएको भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रोश व्यक्त गरेका छन् । नेपाल एकीकरण गर्ने व्यक्तिको बारेमा सरकारले उचित सम्मान दिन नसकेको उनको आरोप छ।

    मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका अध्यक्ष लिङदेनले पृथ्वीनारायणले नेपाल एकीकरण नगरदिएको भए राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा कुन देशको राष्ट्रपति र प्रधानमन्त्री हुन्थे भनेर प्रश्न समेत गरे ।



    सिंहदरबार अगाडिको पृथ्वी सालिक सामुन्ने उभिएर राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’



    पृथ्वी जयन्तीको अवसरकारमा सरकारले सार्वजनिक बिदा नदिए पनि राष्ट्रपति भण्डारीले भने सिंहदरबार अगाडि पुगेर शाहको सालिकमा माल्यार्पण गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार