Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आज रातिदेखि काठमाडौँ उपत्यकामा नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ?

    आज रातिदेखि काठमाडौँ उपत्यकामा नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ?

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि १८ बुँदे आदेश जारी गरेको छ।

    प्रशासनले आज मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्नेदेखि लिएर भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ।



    यसैगरी सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला नहुन, मेला महोत्सवहरु नगर्न समेत निर्देशन दिएको छ।



    साथै, सार्वजनिक सवारीका साधनहरुमा नियमित सेनिटाइज गर्नुपर्ने, चालक, सहचालकदेखि बसमा सवार सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ।

    यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि काठमाडौँ प्रशासनले जस्तै १८ वटै बुँदामा विभिन्न आदेशहरू जारी गरेको छ । जसमा काठमाडौँ प्रशासनको जस्तै सार्वजनिकस्थानमा भीड नगर्ने, भौतिक दूरीको पालना गर्ने, अनिवार्य मास्कको प्रयोग गर्नेलगायतका आदेशहरु रहेका छन्।

    पछिल्लो समय कोरोना संक्रमण निकै बढ्दै गएको छ। जसमा मंगलबार मात्र २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार