Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमालेले भन्यो- लिपुलेकमा सडक खन्ने मोदीको घोषणा नेपाली सार्वभौमिकताको उल्लंघन हो

    एमालेले भन्यो- लिपुलेकमा सडक खन्ने मोदीको घोषणा नेपाली सार्वभौमिकताको उल्लंघन हो

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ।

    मंगलबार एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले एक विज्ञप्ति जारी गर्दै नेपाली भू–भाग (लिपुलेक, लिम्पियाधुरा र कालापानी)मा भारतले गरेको सडक लगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।



    नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने भट्टराईद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।



    वक्तव्यमा भनिएको छ, ‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ।’

    कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक-प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको बताइएको छ।

    हेर्नुहोस् वक्तब्य:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार