Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • केही हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुनेछ : डब्ल्युएचओ

    केही हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुनेछ : डब्ल्युएचओ

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य संगठनले अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको छ । डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन लहर चलिरहेको बताएका हुन् ।

    सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ सङ्क्रमित थपिएको आधार यो प्रक्षेपण गरिएको उनको भनाइ छ । दुई हप्ताको अन्तरमा सङ्क्रमितको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।



    डा क्लुगका अनुसार सियाटलमा आधारित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनले युरोपका ५० प्रतिशत जनसङ्ख्या आगामी ६ देखि ८ हप्तामा ओमिक्रोनबाट सङ्क्रमित हुने पूर्वानुमान गरेको छ ।



    पछिल्ला अध्ययनले ओमिक्रोनले मानिसहरूलाई गम्भीर बिरामी बनाउने सम्भावना काम रहे पनि यसअघिका भेरियन्टभन्दा यो निकै सङ्क्रामक रहेको पाइएको छ । पूर्ण मात्रा खोप लगाएका मानिसहरूलाई पनि यसले सङ्क्रमित बनाउन सक्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार